देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस संसदीय दलकाे बैठक बस्दै

देशान्तर

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

सभापति शेरवहादुर देउवाले दिउँसो २ः३० बजेलाई बैठक बोलाउनुभएको सांसद डिला संग्रौलाले जानकारी दिइन् । उनका अनुसार वैठक संसद भवन ल्होत्से हल बानेश्वरमा बस्ने छ ।

आजको बैठकबाट समसामयिक विषयमा रणनीति तय गर्ने कांग्रेस संसदीय दलको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी भइरहेका बेलामा बस्न लागेको संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।

बैशाख ३१ गते संविधानको धारा ७६ को उपधार ३ अनुसार प्रधानमन्त्री केपी ओली नियुक्त हुनुभएको थियो ।

ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।