देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेसकाे बैठक बस्दै

देशान्तर

नेपाली कांग्रेसकाे आकस्मिक बैठक आज शुक्रबार बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीलाई डाकिएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न आह्वान गरेकी थिइन्। प्रधानमन्त्री केपी ओलीले विश्वासकाे मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्नेमा त्यसअघि नै नयाँ सरकार गठनका लागि प्रकिया थालिएकाे छ। याे कदम नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको कांग्रेसकाे ठहर छ ।

कांग्रेसले विज्ञप्ति निकालेर सरकार गठनसम्वन्धी राष्ट्रपति कार्यालयको कदम असंबैधानिक र अलोकतान्त्रिक भनेको हो । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मकाे समयसीमा ताेकेकी छन् ।