देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन्। संविधानको धारा ७६–५ विपरित प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि आह्वान गरेको भन्दै सर्वोच्चमा रिट पेश भएका हुन्।

सर्वोच्चमा अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डे र प्रकृति खड्कालगायतले रिट दायर गरेका हुन्। यद्देपी रिट सर्वोच्चमा दर्ता गर्न बाँकी रहेको जनाइएको छ।

संविधानको धारा ७६ –३अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले ७६ –६ अनुसार नयाँ सरकार बनाउन २१ घन्टे म्यादसहित बिहीबार साँझ अपिल गरेकी छिन्।

तर, ओलीले राजीनामा दिएका छैनन्। कानुनविद्ले प्रधानमन्‍त्रीले संसद्‍मा विश्‍वासको मत लिने प्रयास नगरीकन र राजीनामा पनि नदिइकन नयाँ सरकार बनाउन राष्ट्रपतिले गरेको आग्रह अस्वभाविक र असंवैधानिक रहेको बताए।