देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

८ र ९ गतेलाई बोलाइएको जसपाको बैठक स्थगित

देशान्तर

जनता समाजवादी पार्टी जसपा का अध्यक्ष महन्थ ठाकुरले एकतर्फी रूपमा जसपाको कार्यकारिणी बैठक स्थगित गरेका छन्।

ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको बताए।

विज्ञप्तिअनुसार कोभिड –१९ को कारण बैठक स्थगित गरिएको हो।

यसअघि ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षरमा बैठक बोलाइएको थियो। जसपाको कार्यकारिणी बैठक जेठ ८ र ९ गतेलाई बोलाइएको थियो।

जसपको कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा रहेको छ।