काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई परिस्थितिले अन्तिम मौका दिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता थापाले राष्ट्रपतिज्यूमाथि ओलीको जालझेल र अपराधमा साथ दिदा लागेको दागै दाग भएको बताउदै सुध्रिने अन्तिम मौका रहेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्-
१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने।अब फेरी जालझेल !
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ । राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ !! नभए भिरबाट खस्ने लाई राम राम ।





प्रतिक्रिया