काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको भागमा अहिले आठ वटा मन्त्रालय परेका छन् । रक्षा मन्त्रालय आफैंले हेरिरहेका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य सातवटा मन्त्रालयको जिम्मेवारी शुक्रबार तोकिदिएकी हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार शुक्रबारदेखि उनले गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने भएको हो ।

यी सातैवटा मन्त्रालय सर्वोच्चको आदेशसँगै बिहीबारदेखि माओवादीबाट एमालेमा आएका सात मन्त्रीको पद गएको थियो। सर्वोच्चको आदेशपछि वैशाख ३० मा फेरि मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङको पद गएको थियो ।





प्रतिक्रिया