देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव हस्ताक्षर गरेका १४९ जना सांसदलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ।

विपक्षी पाँच दलिए गठबन्धनको शनिबार सिंहदरबारमा बसेको बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई आइतबार बिहान नागरिकतासहित सिंहदरबारमा उपस्थित हुन भनिएको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन्।

संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध विपक्षी गठबन्धनले कानुनी र राजनीति रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनले सांसदहरुलाई काठमाडौं बोलाएको छ।