देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्नै कर्मले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओराल्यो : गगन थापा

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसमा युवा नेता गगन थापाले आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा नेता थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो भन्दै ‘सम्माननीय राष्ट्रपति’ बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? भन्दै प्रश्न गरेका छन् ।

गगन थापाले भनेका छन्-

राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !! “सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।