
काठमाडौं – नेकपा एमालेमा तिव्र अन्तरबिरोध चर्किरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालनिकट एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको हो ।
राईको नेतृत्वमा एक महिनाअघि नै निर्वाचन आयोगमा ‘नेकपा एकीकृत पार्टी’ दर्ता भएपनि आयोगले पार्टी दर्ताको प्रमाण–पत्र भने दिइसकेको छैन । ७ वैशाखमा आयोगमा दर्ता भएको यो पार्टीको चुनाव चिह्न कलम राखिएको छ । आयोगले दर्ता भएको ४५ दिनमा पार्टीको नाम र चुनाव चिन्ह दिने व्यवस्था छ ।
राईको नयाँ दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन्। कार्यसमिति २५ सदस्यीय छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं वडा नम्बर १० तोकिएको छ । यो दल २४ चैत २०७७ मा गठन भएको थियो भने २ वैशाखमा दल दर्ताका लागि निवेदन दिने केन्द्रीय समितिले निर्णय गरेको थियो ।
को हुन् राई ?
वरिष्ठ नेता नेपाल निकट राई एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता हुन् । संखुवासभा स्थायी बसोबास रहेका राई अनेरास्ववियुको केन्द्रीय सदस्य, अनुशासन आयोगका अध्यक्ष हुदै उपाध्यक्षमा झिनो मतले पराजित भएका थिए ।
यसअघि ६ वैशाखमा भएको राष्ट्रिय सभाको निर्वाचनमा कलम चुनाव चिह्न लिएर खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। उनी माधव नेपाल पक्षको प्रस्तावमा उम्मेदवार बनेका थिए । राईले पनि कलम चुनाव चिह्न राखेपछि वरिष्ठ नेता नेपालकै निर्देशनमा पार्टी दर्ता गरिएको चर्चा सुरु भएको छ ।
तर राईले नेताको सल्लाह र निर्देशनमा पार्टी दर्ता नगरिएको जिकिर गरे । उनले भने, ‘यो आजको आवश्यकता देखेर हाम्रो विवेकले पार्टी दर्ता गरेका हौं । कुनै नेता वा समूहसँग नजोडिदिनुहोस् ।’
पार्टी पदाधिकारी र सदस्यहरूको पूर्ण विवरण
जीवन राई अध्यक्ष संखुवासभा
कल्पना गुरुङ उपाध्यक्ष कास्की
विनोदकुमार खुलाल महासचिव काभ्रे
ऐनविक्रम कुँवर सचिव धनकुटा
सुशील खनाल कोषाध्यक्ष अर्घाखाँची
सुष्मा खड्का केन्द्रीय सदस्य दोलखा
पारसमणि फुँयाल केन्द्रीय सदस्य दोलखा
सरिताकुमार पाण्डे केन्द्रीय सदस्य रौतहट
रूपबहादुर रावल केन्द्रीय सदस्य कैलाली
रोशन ज्ञवाली केन्द्रीय सदस्य अर्घाखाँची
वीरबहादुर रावल केन्द्रीय सदस्य सल्यान
तारिकाकुमारी वली केन्द्रीय सदस्य सल्यान
सुशीला खड्का केन्द्रीय सदस्य दोलखा
सविना ज्ञवाली केन्द्रीय सदस्य बर्दिया
विशाल केसी केन्द्रीय सदस्य नुवाकोट
स्मारिका खत्री केन्द्रीय सदस्य काठमाडौं
प्रकाश कँडेल केन्द्रीय सदस्य गुल्मी
श्यामकुमार राई कुलुङ केन्द्रीय सदस्य सोलुखुम्बु
विकल केसी केन्द्रीय सदस्य नुवाकोट
गोकर्ण ढुंगाना केन्द्रीय सदस्य अछाम
सुरेन्द्र साह केन्द्रीय सदस्य रौतहट
वेदबहादुर भण्डारी केन्द्रीय सदस्य सल्यान
अस्मिताकुमारी रावल केन्द्रीय सदस्य कैलाली
रेयाज अन्सारी केन्द्रीय सदस्य बारा
राजन भण्डारी केन्द्रीय सदस्य भोजपुर





प्रतिक्रिया