
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुणदलले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि मध्यावधि निर्वाचन घोषणा गरेको विरोधमा तरुण दलले अन्य राजनीतिक दलका भ्रातृ संस्थाहरुसँग संयुक्त रुपमा आन्दोलन गर्ने भएको हो ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै केन्द्रमा जस्तै सम्बन्धीत जिल्लाहरुमा पनि संयुक्तरुपमा आन्दोलन गर्ने बताएका हुन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिको कमदले असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वयच्छाचारी र प्रतिगामी भएको नेपाल तरुण दल केन्द्रिय समितिले ठहर गरेको पनि उल्लेख गरेका छन् ।
‘इतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथी गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य हो उक्त कदमको नेपाल दल घोर निन्दा र भर्त्सना गर्दछ । कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपुर्ण यश अवस्थामा जनतालाई सहज उपचारको व्यवस्था मिलाउने कार्यलाइ बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड अक्षम्य अपराध हो ।’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा नेपाल तरुण दल संग सहकार्य गर्ने अन्य राजनीतिक दलका युवा संगठनहरु योङ कम्युनिष्ट नेपाल (वाईसीएल), समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशिल साझा युवा संगठन संग समन्वय र छलफल अघि बढिसकेको बताउँदै नेपाल तरुण दलको त्यस जिल्ला समितिसंग उल्लेखित सहकार्य गर्ने युवा संगठनहरु संग चुनावको नाटक गर्ने प्रधानमन्त्री र त्यसलाई सघाउने राष्ट्रपतिको राष्ट्रघाती कदमका विरुद्धमा समन्वय गरी संयुक्त संघर्षको कार्यक्रम तय गर्न पनि बस्नेतले विज्ञप्ति मार्फत मातहतका समितिलाई परिपत्र गरेको पनि बताएका छन् ।
साथै आन्दोलन गर्दा कोरोना भाईरस कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन् ।





प्रतिक्रिया