देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवा, दाहाल, माधव र उपेन्द्रबीच सिंहदरबारमा छलफल

देशान्तर

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ। स्रोतकाअनुसार केहीबेर अगाडिदेखि उनीहरू छलफलमा जुटेका छन्। अहिले छलफल जारी छ। विपक्षी ५ दलका सांसदले सोमबार सर्वोच्चमा रिट दिएका थिए। देउवासहित १४६ सांसदले प्रतिनिधि सभा विघटनविरूद्ध रिट दिएका थिए।

अब कसरी अगाडि बढ्ने भन्नेबारे अहिले विपक्षी दलहरू छलफलमा जुटेका हुन्। नेता नेपाललाई सोमबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले कारवाही गरेको थियो।यसैबीच देउवाले बुधबार बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने गरी पार्टी पदाधिकारी बैठक पनि बोलाएका छन्।