देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बंगलादेश र श्रीलंकाबीचको तेस्रो एक दिवसीय आज

देशान्तर

बंगलादेश भ्रमणमा रहेको श्रीलंकाले आज तेस्रो तथा अन्तिम एक्दियसिय खेल खेल्दै छ।

तीन एकदिवसीय खेलको शृंखला अन्तर्गत घरेलु टोली बंगलादेशले एक खेल अगावै २–० ले सिरिज हात पारिसकेको छ। बंगलादेशले श्रीलंकामाथि द्विपक्षीय कुनै पनि सिरिज जितेको यो पहिलो पटक हो।

ढाकाको ‘शेरे बांग्ला अन्तराष्ट्रिय स्टेडियम’मा खेलिने आजको खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बजे शुरु हुनेछ।

पाहुना टोली श्रीलंका आजको खेलमा सान्त्वना जित निकाल्दै आफ्नो आत्मसम्मान बनाइराख्न चाहन्छ। उता बंगलादेश तेस्रो खेलमा पनि जित निकाल्दै इतिहास राच्ने दाउमा देखिन्छ।

एकदिवसीय बरियतामा बंगलादेश ७औं स्थानमा छ भने श्रीलंका ९औं स्थानमा रहेको छ। कोरोना महामारी बिच पनि उच्च स्वास्थ्य मापदण्ड अपनाउँदै बिना दर्शक यस द्विपक्षीय शृंखला खेलाईएको हो।