देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

देशान्तर

नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ । आज विहान १० बजे बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक भोलि बिहान १० बजे सम्मलाइ स्थगित गरिएको हो ।


वैठक स्थगित भएको कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ ५ बजेका लागि बैठक बोलाइएको थियो । तामाङ्गका अनुसार बैठक आज विहान १० बजे बस्ने गरेर स्थगन गरिएको थियो भने आज बस्ने भनिएको बैठक समेत स्थगित भएको छ ।


बैठकमा सरकारले अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको छ ।
यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।
सचिव तामाङका अनुसार शिर्ष नेतृत्वको कार्यव्यस्तता र समय अभावका कारण बैठक स्थगन भएको हो । बैठक भोली बालुवाटारमा बस्ने तय भएको छ ।