देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समस्या ‘कालो कोट’मा होइन ‘कालो सोच’मा छ : विश्वप्रकाश

देशान्तर

 नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताएका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन् । उनले ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ, प्रधानमन्त्रीलाई भनेका छन् ।

व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकन प्रधानमन्त्रीलाई आग्रह समेत गरेकाे उल्लेख गरेका छन् ।

उनी लेख्छन् ‘अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? ‘

युवा संघको भर्चुअल बैठकमा बाेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गर्नु गरेका थिए ।