देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिंहदरबारभित्रै धर्ना, तालाबन्दी र नाराबाजी

देशान्तर

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र विरोध, धर्ना, नाराजुलुस र तालाबन्दी गर्न बन्देज छ। तर, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले सोमबार सिंहदरबारभित्रै आन्दोलन गरे। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन नदिने अडानमा विभिन्न मन्त्रालयका दर्जनौँ कर्मचारी सोमबार दिनभर काम छाडेर विरोध, धर्ना र नाराबाजीमा उत्रिएका हुन्।

मुलुकको प्रमुख प्रशासनिक निकायको रूपमा रहेको सिंहदरबारभित्रै कर्मचारी विरोध र धर्नामा उत्रनु निजामती सेवा ऐनको ठाडो उल्लंघन भएको प्रशासकहरू बताउँछन्। सिंहदरबार निषेधित क्षेत्रसमेत हो। निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणविपरीत उनीहरू धर्ना, विरोध र तालाबन्दीमा उत्रिएकोमा त्यस्ता कर्मचारीलाई अनुशासनको कारबाही गर्नुपर्नेमा उन्मुक्ति दिएको भन्दै सरकारको आलोचना भएको छ। चार कर्मचारी संगठनले कानुनविपरीत सामान्य प्रशासन मन्त्रालय परिसरभित्रै धर्ना, नाराबाजी र तालाबन्दी गर्दासमेत प्रहरी रमिता हेरेर बसेको थियो। निषेधित क्षेत्रभित्र सयौँको संख्यामा रहेका कर्मचारीले धर्ना र जुलुस गर्दासमेत गृह प्रशासन मूकदर्शक भएको आरोप अन्य कर्मचारी संघ–संगठनले लगाएका छन्। निर्वाचनमा गए आफ्नो अस्तित्व समाप्त हुने डरका कारण चार संगठनले निर्वाचन बिथोल्ने षड्यन्त्र गरेको अन्य कर्मचारी संघ–संगठनले आरोप लगाएका छन्।

उनीहरूले सिंहदरबारभित्रै धर्ना, जुलुस गरी कानुन उल्लंघन गरेकाले तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ। निर्वाचनको तीन साताअघि अराजकता मच्चाउनेलाई कारबाही गर्न माग गर्नेमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन ९संघ० र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>