देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने घोषणा राष्ट्रघाती : यादव

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने भनि सरकारले गरेको घोषणाप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष यादवले एक विज्ञप्ति जारी गरी यो कार्य वातावरणीय हिसाबले घातक रहेको उल्लेख गरेका छन् । यसले नवधनढ्यदेखि व्यवसायीलाई फाइदा नै भएपनि सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने दावी गरेका छन् ।

व्यापार घाटा काम गर्ने नाममा बजेटमार्फत ढुंगा, गिटी, बालुवा निकासी गर्ने घोषणा गरिनु राष्ट्रघाती कार्य रहेको उल्लेख गर्दै अध्यक्ष यादवले यसले मधेशका भूमिको उर्वरता समाप्त भइ जनताको जीवन नै संकटमा पर्ने उल्लेख गरेका छन् ।