देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यादेशबाट न्यायाधीश नियुक्ति हल्ला मात्रः प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट न्यायाधीश नियुक्ति वा अवधि रहँदै संसद्को चुनाव हुनेजस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।  

एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित तत्कालीन पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इञ्चार्ज रामनाथ ढकालको प्रथम वार्षिक स्मृति सभामा बोल्दै ओलीले भने, “अध्यादेशबाट न्यायाधीश नियुक्ति हुन लाग्यो वा संसद् सिध्याउन आँट्यो भन्ने हल्लाको पछि लाग्नुपर्ने छैन । सरकारले सगरमाथाको मुलुकको शिर निहु¥याउन नदिने गरी मुलुकका वास्तविक समस्या सम्बोधन गर्न लाग्नेछ ।” 

व्यवस्थापिका–संसद्को नियमावली बन्न ढिलाइका कारण संसदीय सुनुवाइ समिति गठन नभएको र हाल संसद् अधिवेशन आह्वान नभएकाले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ । 

एमालेका अध्यक्षसमेत रहेका ओलीले खडा गरिएका नक्कली समस्या र व्यवधानलाई पराजित गर्दै एमाले र सरकार अघि बढ्ने दृढता व्यक्त गर्दै भने, “एकता, सुदृढ र गतिशीलताका साथ एमाले अघि बढ्ने छ ।” 

]]>