देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुनियर नेता उपप्रधानमन्त्री भएपछि आफैं हटेको हुँः हृदयेश त्रिपाठी

देशान्तर

काठमाडौं – आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएको भन्दै स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सरकारमा बस्न अस्वीकार गरेका छन् । आफूभन्दा जुनियर विष्णु पौडेल, राजेन्द्र महतो र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाइएपछि त्रिपाठीले सरकारबाट बाहिरिने निर्णय लिएका हुन् ।

ओलीले पुनर्गठित मन्त्रिमण्डलमा त्रिपाठीलाई निरन्तरता दिन चाहेका थिए । आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएपछि त्रिपाठीले एक थान मन्त्रीका लागि आफू बसिरहन नसक्ने भन्दै बाहिरिएका हुन् ।

‘म भन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएपछि पदमा बसिरहनु उचित लागेन’, उनले भने, ‘पुनर्गठित मन्त्रिपरिषदलाई शुभकामना दिएर बाहिरिएको छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा ठाकुर समूहबाट ८ मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा ल्याएका छन् । त्यस्तै एमालेबाट रघुवीर महासेठ र शेरबहादुर तामाङ मन्त्री बनेका छन् ।