
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनपछि नियुक्त गरेका तीन उपप्रधानमन्त्रीसहितका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । तीन उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोले राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
त्यसैगरी ओली क्याबिनेटमा थपिएका अन्य १० जना मन्त्रीले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । जनता समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीको सपथ लिएका छन्। त्यसैगरी शरदसिंह भण्डारीले ऊर्जा तथा जलश्रोत मन्त्रालय सम्हालेका छन् । त्यस्तै अनिलकुमार झाले खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हाल्नेछन् ।
उता लक्ष्मणलाल कर्णले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लिएका छन् । विमल श्रीवास्तवलाई श्रम तथा रोजगार, उमाशंकर अरगरियालाई वन तथा वातावरण, चन्दा चौधरीलाई महिला तथा बालबालिका र एकबाल मियाँलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ । त्यसैगरी चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनेका छन् भने रेणुका गुरुङलाई महिला तथा बालबालिका राज्यमन्त्री बनाइएको छ ।
यता एमालेबाट रघुवीर महासेठ उपप्रधानसँगै परराष्ट्र मन्त्री बनेका छन् । शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री भएका छन् भने अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ ।
- यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :-
- प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
- विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
- राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
- रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
- शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
- कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
- बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
- लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
- शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
- अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
- विमल श्रीवास्तव : श्रम तथा रोजगार
- उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
- लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
- चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
- एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
- चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
- रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक





प्रतिक्रिया