देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

न्युयोर्क शहरका ट्याक्सी, उवर र लिफ्ट ड्राईभरहरूको समस्याबारे छलफल

देशान्तर

अमेरीका – न्युयोर्कमा रहेको दक्षिण एशियाई अमेरिकी श्रम संगठनको संयोजनमा न्युयोर्क स्टेट सिनेटर डायान सविनो समेतको सहभागितामा एक वृहत जुम भिडीयो छलफल भएको छ । न्युयोर्क र आसपासमा रहेका ट्याक्सी, उवर र लिफ्ट ड्राईभरहरूको आम समस्यालाई लिएर न्युयोर्कमा रहेको दक्षिण एशियाई अमेरिकी श्रम संगठनको संयोजनमा न्युयोर्क स्टेट सिनेटर डायान सविनो समेतको सहभागितामा एक वृहत जुम भिडियो छलफल आयोजना गरीएके हो ।

सो कार्यक्रममा असालका केन्द्रीय अध्यक्ष माफ मिस्वा उद्दिन, महासचिव मोहम्मद करीम चौधरी, वरिष्ठ अधिवक्ता अलि नज्मी, जीपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरे लगायत दक्षिण एशियालीमुलका चालक पेशाकर्मीहरूको प्रतिनिधित्व गर्दै विभिन्न पेशाकर्मी महानुभावहरूले आ-आफ्नो पेशागत पीडा र अनुभवहरू प्रस्तुत गरेका छन् ।

सो कार्यक्रममा बोल्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले सम्पूर्ण ड्राईभर र पेशाकर्मीको सुरक्षा र पेशागत हक र अधिकारको पक्षमा कानुन बन्नुपर्नेमा जोड दिएका छन् । फाउन्डेशनका केन्द्रीय सदस्य एवं पेशाकर्मी ध्रुव कुँवर क्षेत्रीले पछिल्ला दिनहरूमा ड्राईभरहरू पिडीत वन्दै गएको, एकतर्फी रूपमा एप्लीकेशन डिएक्टीभ गरीएको, कुनै रिभ्युको आधारमा मात्र ड्राइभरहरूलाई विना सुनुवाई पेशाबाटै वंचित गरिंदा उनीहरूको जीवीकोपार्जनमा कठीनाई परेको, कतिपय अवस्थामा ड्राईभर हरूमाथी हातपात र कुटपीट समेत हुँदा उनीहरूले उचित न्याय र क्षतिपूर्ति समेत नपाएको पीडा सिनेटर समक्ष प्रस्तुत गरे।

सिनेटर डायान सविनोले क्षेत्रीको पीडालाई विशेष सम्वोधन गर्दै पेशागत ड्राईभरहरूको हकहितमा आफु लागीपर्ने र उनीहरूको पेशागत सुरक्षाका लागी उचित कानुन ल्याउन आफु लागिपर्नेमा जोड दिए। सो कार्यक्रममा वोल्दै फाउन्डेशनका केन्द्रीय सदस्य प्रेम क्षेत्री अधिकारीले आफुलगायत हजारौं पेशाकर्मी उचित कानुन वन्न नसक्दा पिडीत भएको र सोको यथाशीघ्र सुनुवाई होस् भनी अपिल गरेका छन् भने सोमनाथ घिमीरे ज्याक्सन हाईट्स च्याप्टरको अध्यक्ष, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुँवर क्षेत्री सदस्य छन् ।