देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले मन्त्री बन्ने दुई जना सांसदको नाम टुंग्यायो

देशान्तर

सुर्खेत– नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा मन्त्री बन्ने दुई जना सांसदको नाम टुंग्याएको छ।

कांग्रेस संसदीय दलको शनिबार बसेको वैठकले सामाजिक विकास मन्त्री र जलस्रोत तथा उर्जा विकास मन्त्री बन्ने २ जना सांसदको नाम टुंग्याएको हो ।

सो बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । उनीहरुको नाम नियुक्तिका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाईसकिएको छ। उनीहरुलाई आज नियुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको बताइएको छ ।

कर्णाली प्रदेश सरकारमा माओवादीका मुख्यमन्त्रीसहित ३ जना, एमालेबाट फ्लोर क्रस गरी कारबाहीमा परेका स्वतन्त्र ३ जना र काँग्रेसबाट २ जना मन्त्री हुनेछन् ।