देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१४औँ महाधिवेशन भदौमा गर्न कांग्रेस जिल्ला सभापतिहरूको दबाब

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले समसामयिक राजनीतिका सन्दर्भमा १० बुँदे विज्ञप्ति जारी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका, उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भम जिल्ला सभापतिले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रलाई दबाब दिने निर्णय गरेका छन्। कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल बैठकले महाधिवेशन गर्न केन्द्रको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको हो।

उनीहरुले पार्टीको १४ औं महाधिवेशन र अन्य आन्तरिक पार्टी सरोकारका विषयमा पार्टी केन्द्रलाई सामुहिक ज्ञापनपत्र बुझाउने निर्णय गरेको छन्।

सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले महाधिवेशनका लागि केन्द्रलाई ज्ञापन पत्र बुझाइने उल्लेख गरेका छन्।