काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता माधवकुमार नेपाल पक्षसँगको एकता बालुवा पेलेर तेल निकाल्नुजस्तै असम्भव भएको बताएका छन् ।
मंगलबार ट्वीट गर्दै थापाले भनेका छन्‚ ‘अब जेठ २ को रटान अब सकिएको छ । माधवकुमार नेपालका शर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन बरु देउवाको कांग्रेससँग एकता होला । तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ । ल्याङ्ल्याङ अति भयो, अध्यक्षको विज्ञप्ति मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं ।’
पछिल्लो समय एमालेमा आन्तरिक किचलो बढ्दै गइरहरेका बेला उनको यस्तो ट्वीट आएको हो ।





प्रतिक्रिया