देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय जनमोर्चाका सांसद थापा पुन: कारबाहीमा

देशान्तर

गोरखा – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि कारबाहीमा परेका छन्। शुक्रबार सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभामा उनलाई कारबाही गरिएको पत्र पढेर सुनाएका हुन्। राजमोले गरेको कारबाही पत्र सभामुखले पढेर सुनाएका हुन्।

पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्वोच्च अदालतले गत जेठ २३ गते पुनरबहाली गर्न अन्तरिम आदेश दिएको थियो। हाल उनको मुद्दा अदालतमा विचाराधीन छ। पार्टीको ह्विप पालना नगरेको भन्दै कारबाहीमा परेका थापालाई अहिले पनि सोही कारण देखाउँदै कारबाही गरिएको हो।

शरक्रबार सभामुखले गण्डकी प्रदेश सभामा कुनै बिजनेस नभए पनि बैठक बोलाएका थिए।