देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर गरिने

देशान्तर

काठमाडाैं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने सहमति भएको छ । शनिबार बसेको कांग्रेस पदााधिकारीको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरि कार्यतालिका हेरफेर गर्ने सहमति गरेको हो ।

महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गरिने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

महाधिवेशन यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने तय गरिएको थियो। तालिका अनुसारका काम भइनरहेकाे र काेराेनाकाे महामारीलगायत कारणले ताेकिएकाे समयमा महाधिवेशन हुनेमा शंका उत्पन्न भइरहेका बेला महाधिवेशनकाे मिति ९ दिन सार्ने सहमति गरिएको हो ।

बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र २४ असारमा क्रियाशील सार्वजनिक गर्ने र वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।