देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्नो निष्ठा त्याग्ने मानिस म होइन : गुरुङ

देशान्तर

काठमाडौँ – गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको सही अर्थ जनता सामु प्रस्तुत गर्नका लागि स्थिर सरकारको खाँचो रहेको र त्यसका लागि सबै राजनीतिक दल तथा नेताहरुले आफ्ना प्रवृत्ति सुधार गर्नु पर्ने बताएका छन्।

आइतबार सरकारी निवास छोड्नु अघि गरेको पत्रकार सम्मेलनमा गुरुङले नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई प्रतिपक्षी दलको नेताका रुपमा सकारात्मक कामका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए।

तर जसरी गठबन्धन बनेको छ त्यो हेर्दा हालको सरकारको भविष्य पनि स्थिर नदेखिएको उनले बताए।

उनले भने, ‘यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस्। तर गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएका छन्। अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ। केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ। त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’

आफूले प्रदेशसभा विघटनको कुरा नगरेको दाबी गर्दै गुरुङले राजनीतिक स्थिरताका लागि सबै पक्षमा सुधारको खाँचो रहेको बताए।
उनले कसैले भनेर आफ्नो निष्ठामा सम्झौता नगर्ने पनि बताए।