देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको डिजाइन फेरिने

देशान्तर

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी नयाँ डिजाईनमा आउने भएको छ। जर्सी प्रायोजक माइ सेकेण्ड टिचर र नेपाल क्रिकेट संघ–क्यान नयाँ डिजाइनका लागि सहमत भएका हुन्।

डिजाईन प्रतिस्पर्धाका लागि आवेदन खुला गरिएको छ। विज्ञप्तिअनुसार जर्सी डिजाइन गर्नेले जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यान दिनुपर्ने छ भने नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र निलो रङको प्रयोग गर्नुपर्ने छ।

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्ने सर्वोत्कृष्ट डिजाइनरले एक लाख रुपैयाँ पुरस्कार पाउने छन्।

जुनको १७ तारिखभित्र अर्थात अबको तीन दिनभित्र डिजाईन पेश गरिसक्नुपर्ने जनाइएको छ।

मलेसिया र नेदरल्याण्ड्ससम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलामा हाल प्रयोग भइरहेको जर्सी पहिलोपटक प्रयोग भएको थियो र डीजाईनलाई लिएर चर्को आलोचना भएको थियो।