देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नियमावली नबन्दा संसद् अधिवेशन प्रभावित

देशान्तर

काठमाडौं  । व्यवस्थापिका संसदले आफ्नै नियमावली समयमा नटुंग्याउँदा आगामी वर्षे अधिवेशन प्रभावित हुने भएको छ। यही चैतको अन्तिमसम्ममा अधिवेशन बोलाइने पूर्वनिर्धारित कार्यक्रम भए पनि नियमावली बनाउन गठित समितिले लामो समयसम्म मस्यौदा तयार नपार्दा विलम्ब हुन लागेको हो।

सभामुख ओनसरी घर्तीले जतिसक्दो चाँडो नियमावली मस्यौदा छिटो तयार गर्न समितिलाई तोकता गरेकी छन्। घर्ती जाम्बियाको लुसाकामा अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिई शुक्रबार साँझ फर्किएकी छन्। यसबीचमा सर्वोच्च अदालतले पनि न्यायाधीश नियुक्ति टुंग्याउन अविलम्ब सुनुवाइ गर्न आदेश दिएको थियो।  तर संसदीय सुनुवाइ समिति बनाउने विषयमा प्रमुख दलबीच विवाद कायम हुँदा संसदको नियमावली बन्न सकेको छैन।

त्यही कारण सर्वोच्चका लागि सिफारिस ११ जना न्यायाधीशको सुनुवाइ अन्योलमा परेको छ।  कांग्रेस सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा गठित समितिले ४ महिनादेखि काम गरिरहेको छ। उक्त समितिले एक महिनाभित्र काम सक्ने गरी जिम्मेवारी पाए पनि पटकपटक म्याद थपेको छ।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>