देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोग सरकारको कठपुतली बन्यो : नारायणकाजी श्रेष्ठ

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेर कानुन र लोकतन्त्रको धज्जी उडाइरहेको आरोप लगाएका छन् । ‘संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सना योग्य छ । जनता समाजवादी पार्टी (जसपा) बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि हो,’ श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै, राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ ।’

लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको यस प्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्ने उनको तर्क छ । जसपा अहिले पार्टी अध्यक्ष महन्थ ठाकुर पक्ष र अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेतृत्व गरेको अर्को पक्ष विभाजित छन् । उनीहरुले निर्वाचन आयोगमा एक अर्कालाई कारबाही गर्न र पार्टीको आधिकारिक नेतृत्वबारे दिएको निवेदन निर्वाचन आयोगले अघि बढाएको छैन । यसअघि तत्कालीन नेकपाको बहुमत पक्षले दिएका निवेदन पनि आयोगले विभिन्न प्रावधान देखाएर रोकेको थियो ।