देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेसका समस्या समाधान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

देशान्तर

उर्लाबारी । पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन् । उनको निजी सचिवालयले आज बिहान मोरङको विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले लोकतन्त्रमा विश्वास गर्नेहरुले मधेसका समस्या समाधनमा ध्यान दिनुपर्ने बताए ।

‘लोकतान्त्रिक विधिबाट बनेको सरकार संयम भएर अघि बढ्नुपर्छ,’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने ‘आन्दोलनकारी पनि लोकतान्त्रिक विधिबाट चलन सक्नुपर्छ ।’  उनले आन्दोलनका नाममा मधेसलाई अलग बनाउने सपना नदेख्न आग्रह पनि गरे ।  यादवले सदियौँदेखि कामय रहेको मधेस र पहाडबीचको सुमधुर सम्बन्ध कायम राख्दै सिङ्गो नेपाललाई एक ढिक्का बनाएर लैजाने विषयमा ध्यान दिनुको विकल्प नभएको बताए ।

लामो समयको मधेस आन्दोलनका कारण मुलुकको अर्थतन्त्र जर्जर बनेको भन्दै उनले चिन्ता व्यक्त गरे ।  यादवले मुलुकलाई समृद्ध बनाउने दिशामा केन्द्रित हुन पनि सबैलाई आह्वान गरे । प्रजातन्त्रमा विश्वास गर्नेहरुले संविधान कार्यान्वयनलाई विशेष ध्यान दिए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उनको भनाई थियो । 

 

]]>