देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रमा थपिदै ९९ जना नयाँ केन्द्रीय सदस्य

देशान्तर

काठमाडौं– माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप्ने तयारी गरेको छ।

युवा,महिला र दलितलाई प्राथिमकतामा राखेर केन्द्रीय सदस्य थप्ने तयारी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए।संगठनबारे सुझाव संकलन गर्न गठित कार्यदलको सिफारिसका आधारमा नयाँ थपिने अधिकांश केन्द्रीय सदस्यहरु ४० वर्षमुनिका हुनेछन्।

जसमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित समुदायबाट केन्द्रीय सदस्य हुनेछन्।यो संख्या थपिएपछि केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ।