काठमाडौँ – प्रधानमन्त्रीमा जसरी पनि केपी शर्मा ओलीलाई नै नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिका खेलेको अधिवक्ता गोविन्द बन्दीले बताएका छन् ।
१ सय ४९ सांसदले हस्ताक्षर लिएर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नाम प्रस्ताव गर्दा पनि राष्ट्रपतिले नियुक्त नगरेको उनको भनाइ छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बुधबार बन्दीले संवैधानिक इजलासमा राष्ट्रपतिको मनोविज्ञान सरकार गठनका सबै व्यवस्थाअनुसार ओलीलाई मात्रै प्रधानमन्त्री नियुक्त गर्ने रहेको बताए । ुराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९१०, धारा ७६ ९२०, धारा ७६ ९३० र धारा ७६ ९५० बमोजिमको प्रधानमन्त्री केपी ओली नै बन्नुपर्छ भन्ने मनोविज्ञानबाट काम गरेको देखियो,बन्दीले भने ।
संविधानबमोजिम नियुक्त राष्ट्रपतिलाई संविधानले दिएभन्दा बढी प्रयोग गर्ने अधिकार नरहेको पनि बन्दीको भनाइ थियो ।
सर्वोच्च अदालतले प्रधानमन्त्रीमा ओलीले फेरि दाबी गर्ने अधिकार राख्छन् कि राख्दैनन् भन्ने कुराको निर्क्योल गर्नुपर्ने, प्रतिनिधिसभाको विश्वास गुमाएको प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्छ कि सक्दैन भन्नेलगायत प्रश्नको निरूपण गर्नुपर्ने बन्दीको माग थियो ।





प्रतिक्रिया