देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस पदाधिकारी बैठक बस्दै

देशान्तर

नेपाली काँग्रेसले पदाधिकारी बैठक आज डाकिएको छ । पार्टीको १४ औं महाधिवेशनका विषयमा छलफल गर्न दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक डाकिएको हो । बैठकमा पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै भएको छैन । धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गर्न नसकिएको जनाइएको छ ।


बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन ।
बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन ।

छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको थियो ।

तर दिइएको समय पनि सकिएको छ । क्रियाशील सदस्यता काम समयमा सम्पन्न नहुँदा महाधिवेशनको कार्यतालिका प्रभावित हुने सम्भावना बढेर गएको छ ।
कांग्रेसले १४ औं महाधिवेशन भदौ १६–१९ काठमाडौंमा तय गरेको छ ।