देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटन मुद्दामा आजदेखि सरकारी पक्षको बहस शुरुहुने

देशान्तर


प्रतिनिधि सभा विघटनको मुद्दामा आज निवेदकका तर्फको बहस सकिँदै छ । विपक्षी गठबन्धनका तर्फवाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदले दायर गरेको रिटमा बहसका लागि २ घन्टा ३५ मिनेट समय पाउनेछन् । गत वुधवारबाट सुरु भएको बहसमा १२ घन्टा बहस भइसकेको छ ।


तीन दिनसम्म गरेको बहसमा निवेदकहरुले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने र संविधानको धारा ७६(५)मा दलीय ह्विप नलाग्ने ब्याख्या गरेका छन् ।

अब वहस गर्ने कानुन व्यवसायीमध्ये बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतीशकृष्ण खरेललाई ३०-३० मिनेटको समय निर्धारण गरिएको छ । अन्यको हकमा थोरै समय निर्धारण गरिएको छ । चिया समयसम्म निवेदक पक्षले वहस सकेपछि वाँकी समय सरकारी पक्षवाट बहस सुरु हुनेछ ।


रकारका तर्फवाट महान्यायाधिवक्ता रमेश वडालले बहस गर्ने तयारी गरेका छन् । सुरुकै दिनदेखि इजलासमा उपस्थित भएर बहसको तयारी गरेका बडालले सरकारका तर्फबाट धेरै समय वहस गर्नेछन् । उनले लामो समय बहस गर्ने अनिमात्र नायव महान्यायाधिवक्ताले वहस गर्ने तयारी गरेका छन् ।

सर्वोच्चले विपक्षी अर्थात सरकारी पक्षलाई पनि १५ घन्टाको समय उपलव्ध गराएको छ । उक्त समयमा सरकारी पक्षले साढे सात घन्टा समय पाउनेछन् । तोकिएको समयमा वहस सक्नका लागि सरकारी वकिलले विषय विभाजन गर्दै तयारी गरेका छन् ।

जेठ ७ गते काम चलाउन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीश संलग्न सवैधानिक इजलासमा बहस चलिरहेको छ ।