देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्रियाशील सदस्यता वितरणका समस्या समाधान : कांग्रेस

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणका क्रममा केहि जिल्लामा देखिएका समस्या समाधान भएको जनाएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले विवादित जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सुरु भएको जानकारी दिएका हुन् ।

लेखकले बारा, बर्दियालगायतका जिल्लामा आन्तरिक समायोजनामा देखिएको समस्याका कारण अवरुद्ध भएको क्रियाशील सदस्यता वितरण सुरु भएको बताए ।

उनले अहिले कुनै पनि स्थानमा क्रियाशिल सदस्यता नवीकरण र वितरणमा समस्या नभएको दाबी गिरे । लेखकले अहिलेसम्म ८ लाख २० हजार क्रियाशील सदस्यताको इन्ट्री भइसकेको जानकारी दिएका छन् । उनले पदाधिकारी बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको र क्रियाशील सदस्यता वितरणका कारण कार्यतालिका प्रभावित नहुने बताए ।

लेखकले महाधिवेशनका विषयमा पार्टीभित्र देखिएको केहि पनि मतभेद छिटै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।