देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवाले भने- न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् ।

विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका अगुवाहरुसँग गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे । देउवाले भने, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’

निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने उनले बताए । देउवाले भने, ‘मलाई विश्वास छ, ओलीको धम्कीबाट कोही पनि न्यायाधीश डराउने वाला छैनन् ।’