काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने दाबी गरेका छन् । आसन्न महाधिवेशनमा निधि कांग्रेस सभापतिको दाबेदार हुन् ।
बिहीवार पत्रकारसँग कुरा गर्दै निधिले १४औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व हस्तान्तरण हुने दाबी गरे । ‘यो महाधिवेशनले नेतृत्व हस्तान्तरण गर्छ,’ निधिले भने । शेरबहादुर देउवालाई कांग्रेसले फेरि सभापति निर्वाचित नगर्ने उनले दाबी गरे ।
निधिले शशांक कोइराला र प्रकाशमान सिंहसँग छलफल जारी रहेको र ३ मध्ये १ जना सभापतिमा उम्मेदवार बन्ने बताए । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । सभापतिमा उठ्ने भन्दै निधिले नेताहरूसँगको छलफल तीब्र बनाएका छन् ।





प्रतिक्रिया