काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले फेरि अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको हो ।
कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका चार सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो तर, राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र भए । जबकी सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ ।
प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् । सरकारले बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।





प्रतिक्रिया