देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक दुई दिनमै खोप आइपुग्छ, खोप पाइएन भन्ने स्थिति अब हुँदैन : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक दुई दिनमै कोभिड– १९ को खोप आइपुग्ने बताएका छन्। उनले बिचमा खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह समेत गरेका छन्।

त्रिशुली- प्रसारण लाइन र सबस्टेसनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नै ओलीले अब खोप लगाउनका लागि अभियान नै चल्ने बताए। विभिन्न मित्रराष्ट्रसँग कुरा भएको छ। विभिन्न जिल्लामा अब भ्याक्सिनको क्यम्पियन नै चल्नेछ,उनले भने।

ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने तर सबैलाई एकैपटक खोप लगाउन सम्भव नभएको प्रस्ट पारे।उनले अब लगातार खोप आउने र खोप पाइएन भन्ने स्थिति नहुने दाबी गरे।

भ्याक्सिन पाइएन भन्ने स्थितिबाट हामी अगाडि बढनेछौ। हामी एक दिन दुई दिनमा भ्याक्सिन लगाइ सक्दैनौ,उनले भने। ओलीले नेपालमा अरु देशको तुलनामा कोरोनाका कारण क्षति कम भएको बताए। अरु देशको तुलनामा थुप्रै हिसाबले क्षति कम छ, उनले भने।

कोभिड-१९ का काराणले मात्रै विदेश जानेको संख्या नघटेको ओलीको भनाई छ। ुविदेश जानेको संख्या कोभिड भन्दा अगाडि नै घटिरहेको थियो, उनले भने। सरकारले विकास निर्माणका काम गरिरहेकाले विदेश जानेको संख्या घटको ओलीको दाबी छ।