देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको कार्यदल बैठक सकियो,भोलिको बैठकमा सहमति हुने दाबी

देशान्तर

काठमाडौं – सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा बसेको आजको बैठकले सकारात्मक मोड लिएको र बिहिबार फेरि ११ बजे बस्‍ने गरी बैठक सकिएको कार्यदल सदस्‍य प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेको कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन्।