देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दल दर्ता खारेज भन्ने दुष्प्रचारमा नपर्न माओवादी केन्द्रको आग्रह

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा आपत्ति जनाएको छ । माओवादी केन्द्रीय कार्यालयका कार्यलय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्र दल दर्ता खारेजीका लागि सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सार्वजनिक भएकोमा पार्टीको ध्यानाकर्षण भएको भन्दै त्यसरी निवेदन दिने व्यक्ति पार्टीमा सरोकार नै नराख्ने भएको स्पस्ट पारेका छन् ।

‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता दल खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ’ विज्ञप्तिमा भनिएको छ । माओवादीले केही अवसरवादी, स्वार्थी लालची र अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई वदनाम गराउन सकिन्छ भन्ने मनसायले यसरी दुष्प्रचार गरेको प्रस्ट भएको पनि जनाएको छ ।

​सो पार्टीले संविधान, कानुन र विधिविधान विपरित दुष्प्रचार गरेकोमा पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई भ्रममा नपर्न आग्रह समेत गरेको छ । ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ’ वक्तव्यमा भनिएको छ ।