देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले विवाद : सहमतिको अन्तिम मस्यौदा तयार, आज सार्वजनिक गरिने

देशान्तर

काठमाडौँ – नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कार्यदलका सदस्य ज्ञवालीले हिजोको छलफल निकै सघनरुपमा भएको बताए ।

उनले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए । उनले लगभग सहमतिमा पुगेको जानकारी दिए ।

कार्यदल सदस्य रघुजी पन्तले मस्यौदामा दुवै पक्षको सुझाव समेटेर छलफल भएको बताउँदै शनिबारको बैठकले अन्तिम रुप दिने बताए ।
कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।