देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली बाढी पहिरोको निरीक्षण गर्न सिन्धुपाल्चोक जाँदै

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आज बाढीरपहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै छन्। बाढीर पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढीरपहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ । मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढीरपहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो ।