काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कुन कानुनमा टेकेर उपचार खर्च दिने निर्णय गरेको भन्दै प्रश्न गरेका छन् ।
माजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले कानुनले कुनै पनि व्यक्तिलाई सरकारी ढुकुटीबाट एक रुपैयाँ पनि उपचार खर्च दिन मिल्दैन भन्दै कुन कानुनमा टेकेर उपचार खर्च दिएको भन्दै प्रश्न गरेका हुन् ।
हाल भारतको दिल्लीमा उपचारत पूर्व प्रधानमन्त्री खनालको उपचारको जिम्मा एमालेले लिने बताएका प्रधानमन्त्री ओलीले त्यसपछि क्याबिनेट उपचार खर्च दिने निर्णय गरेको खुलेको थियो ।
गगन थापाले भनेका छन्:
उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो।यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन ।
कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ुुप्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैनू भन्ने संशोधन प्रस्ताव राखेँ ।
यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५र६र२ गतेदेखि लागूभयो ।
कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीज्यू अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो रु





प्रतिक्रिया