देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी एक बनाउन महामन्त्री त्याग्न शशांक तयार

देशान्तर

काठमाडौं । वीपी पुत्र एंव कांग्रेस नेता डा. शशांक कोइरालाले आफ्नो प्रयास पार्टीलाई एकताबद्ध बनाउनु रहेको भन्दै सो कामका लागि महामन्त्री त्याग्न तयार रहेको बताएका छन्। कांग्रेसलाई एक गराउन महामन्त्रीको उम्मेदवारी छाड्न तयार रहेको उनको भनाई छ। ‘मेरो पहिलो प्रयास कांग्रेसलाई एक गराउनु हो। दोस्रो प्रयास भनेको संस्थापन पक्षधर नेताहरुलाई एक गराउनु हो ।

दुईवटै प्रयासमा म लागेको छु। त्यसका लागि म चर्चामा ल्याइएको महामन्त्री पद पनि त्याग गर्न तयार छु, कोइरालाले भने।’ मंगलबार साँझसम्म संस्थापनबाट एकजना मात्रै साझा उम्मेदवार बनाउने सम्भावना रहेको पनि उनले प्रष्ट पारे ।

म्ंगलबार साँझसम्म संस्थापन पक्षबाट एक मात्रै साझा उम्मेदवार बनाउने प्रयास भइरहेको छ, त्यसको धेरै स्म्भावना छ, कोइरालाले भने।  कांग्रेसलाई एक बनाउन आफूले बरिष्ठ नेता शेरवहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत शीर्ष नेताहरुसंग छलफल गरिरहेको भन्दै उनले यसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताए। राजधानी दैनिकमा समाचार छ।
 

]]>