देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेकामुख्यमन्त्री गुरुङको आरोप

देशान्तर

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री गुरुङले जाँदाजाँदै ४ अर्बभन्दा बढीको टेण्डर गरेको आरोपको खण्डन मात्र गरेनन्, सरकारमाथि नै भ्रष्टाचार सुरु गरेको आरोप लगाएका छन् ।

आफ्नो जिल्ला सभापतिहरुको सिफारिसमा रकम बाँडिएको भन्दै उनले अघि भने, ‘यो १६ करोड भ्रष्टाचारको मुद्दा हुन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिनेछ ।’

आफ्नो नेतृत्वले सरकारले कुनै बजेट, नीति कार्यक्रम र विकासको कार्यक्रममा नभएको योजनामा रकम खर्च नगरेको दाबी गरे । बजेट अभावका कारण एकैपटक टेण्डर गर्न नसक्ने भएपछि टुक्र्याउनु परेको उनको स्पष्टीकरण छ ।

प्रमुख विपक्षी एमालेका नेता गुरुङले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिए मात्र आफ्नो दलले सरकारलाई सहयोग गर्नसक्ने बताए ।