देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु

देशान्तर

काठमाडौं– नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु कोटेश्वर पुगेर फर्किएलगत्तै बैठक सुरु भएको हो। पार्टीको विवाद समाधानका लागि निर्णायक वार्ता बस्नुअघि नेताहरु नेपाल निवास कोटेश्वरमा पुगेका थिए।

कार्यदलको बैठक हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको दाबी गरिरहेका छन्।

माधव नेपाल पक्षले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने तर अदालतबाट जस्तोसुकै फैसला आए पनि पार्टी एकैठाउँमा रहने गरी सहमति भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच शक्ति बाँडफाँटमा कुरा मिलिसकेको छैन।