देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको विवाद समाधान आज हुने दावी

देशान्तर

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुले आज एकता सम्बन्धी सहमति सार्वजनिक गर्नेे दाबी गरेका छन् ।

आज बिहान बस्ने कार्यदलको बैठकले सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने उनीहरुको भनाइ छ ।

एमालेलाई एकताबद्ध बनाएर कम्युनिस्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि आज एकताको घोषणा गरिने कार्यदलमा रहेका नेताहरुलेब बताएका छन् ।

एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीमा देखिएको समस्या समाधानको अन्तिम बिन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए ।

एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बस्दै आएको छ ।