देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मिडिया विधेयकविरुद्ध लुम्बिनी संसदअघि पत्रकारको धर्ना

देशान्तर

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयकविरुद्ध नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र जिल्ला समितिहरू आन्दोलित बनिरहेका छन् । आइतबार लुम्बिनी प्रदेशसभा सचिवालय गेटमा पत्रकारहरुले विद्येयकको विरोध गर्दै धर्ना दिएका छन् । ‘लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेशसभामा दर्ता गरिएको निरंकुश सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको लागि दबाबमूलक धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा जिल्लाका पत्रकारहरूले धर्ना दिएका हुन् ।

धर्नामा सहभागीहरूले ‘मिडिया विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता जिन्दावाद, निरंकुश सञ्चार विधेयक फिर्ता गर’ लगायतका प्लेकार्ड प्रस्तुत गरेका थिए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले मिडिया एवं पत्रकारहरूलाई प्रवद्र्धन गर्नेभन्दा पनि बाँध्ने तरिकाले ल्याएको भन्दै विधेयक फिर्ताको माग गरे । महासचिव विक्रम खड्काले प्रदेशसभामा गइसकेको विधेयक मिडिया एवं पत्रकारहरूलाई बाँध्ने खालले आएकोले प्रेस स्वतन्त्रताको अधिकार कायम हुनेगरी पुनर्लेखन गर्नुपर्ने माग रहेको बताए ।