देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेमा खुशीको खबर अदालतको फैसलापछि मात्र आउछ : वामदेव गौतम

देशान्तर

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले एमालेमा खुशीको खबर सर्वोच्च अदालतको फैसलापछि मात्र आउने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समय लिए बोल्दै नेता गौतमले अदालतले संसद विघटनसम्बन्धि मुद्दाको फैसला सुनाएपछि एमाले एक हुने बताएका हुन् ।

नेता गौतमले भने- आज ८ बजे खुशीको खबरको रुपमा आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले धेरै पहिले नै भनेको थिए कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो भनाई पुरा होस् भन्ने चाहना त मेरो छैन तर मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’

नेता गौतमले राष्ट्रले र नेपालीले अराजनीतिक क्रियाकलापहरुले ऐन नियम मिचेर गरेका क्रियाकलापहरुले शीर निहुराउने अवस्था सिर्जना भएको बताए ।